Logo

मेगा बैंक र ल्याटीन एबीएस सर्भिस सेन्टरबीच सम्झौता, बैंकका ग्राहकलाई सर्भिस सेन्टरमा ३० प्रतिशतसम्म छुट

मेगा बैंक र ल्याटीन एबीएस सर्भिस सेन्टरबीच सम्झौता, बैंकका ग्राहकलाई सर्भिस सेन्टरमा ३० प्रतिशतसम्म छुट



काठमाडौं । मेगा बैंक र ल्याटीन एबीएस सर्भिस सेन्टरबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच मेगा बैंकका ग्राहकलाइ सर्भिस सेन्टरका सेवामा विशेष छुट पाईने गरी उक्त सम्झौत भएको हो ।

laxmi

सम्झौता अनुसार काठमाडौंको कपन स्थित तेन्जिङचोकमा रहेको सर्भिस सेन्टरले मेगा बैंकका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटसहितको सेवा उपलब्ध गराउने भएको हो ।

कम्पनीले मेघा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगतकर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो ।

कम्पनीले मेघा बैंकमा खाता नभएका दुई पांग्रे सवारी साधन चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL