Logo

बनेपाको ‘आगन्तुक रिर्सोट’मा गरिमा विकास बैंकका ग्राहकले पाउनेछन् २३ प्रतिशतसम्मको छुट

बनेपाको ‘आगन्तुक रिर्सोट’मा गरिमा विकास बैंकका ग्राहकले पाउनेछन् २३ प्रतिशतसम्मको छुट



काठमाडौं । पर्यटकीय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’मा गरिमा विकास बैंकका ग्राहकले २३ प्रतिशत सम्मको छुट प्राप्त गर्ने भएका छन् ।

laxmi

बैंकले रिसोर्टसँग विभिन्न सेवा सुविधामा आफ्ना ग्राहकलाई आर्कषक छुट सम्बन्धी सम्झौता गरेसँगै ग्राहकले सो छुट पाउने भएका हुन् ।

संझौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले रिसोर्टको रुममा २३% र फुड एण्ड वेभरेजमा १४% छुट पाउने छन् ।

साथै, ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एन्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५% छुट सम्बन्धि सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL