Logo

हिमालयन बैंकको सेवा विस्तार, पोखराको लेकसाइडमा एक्सटेन्सन काउन्टर सञ्चालन

हिमालयन बैंकको सेवा विस्तार, पोखराको लेकसाइडमा एक्सटेन्सन काउन्टर सञ्चालन



काठमाडौँ । हिमालयन बैंकले ग्राहकको सुविधालाई मध्यनजर राखी आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा यही भाद्र १० गते बिहिबारदेखि गौरीघाट, लेकसाइड, पोखरा गण्डकी प्रदेशमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ । 

laxmi

उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म ग्राहकहरुले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन् । उक्त विस्तारित काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ्ग कारोबारहरु गर्न सहजिकरण गर्नेछ । 

यसका साथै हाल बैंकको कुल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४६ र ५००० भन्दा बढी पिओएस टर्मिनल्स संख्या पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL