Logo

सिद्धार्थ बैंकको इजी बैंक अनलाइन प्लेटफर्म सार्वजनिक, डिजिटल सुविधाहरु सहज

सिद्धार्थ बैंकको इजी बैंक अनलाइन प्लेटफर्म सार्वजनिक, डिजिटल सुविधाहरु सहज



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अन्तर्गत रहि इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको हो ।

इजी बैंक प्लेटफर्म बैंकको आधिकारिक वेबसाइटमा गएर सोझै लिङ्क गरी ग्राहकहरुले प्रयोग गर्न सक्नेछन् । यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलन गरिएको छ जसले गर्दा ग्राहकहरुले प्रयोग गर्न चाहने भएका डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सकिन्छ ।

हाल इजी बैंक प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन तथा आफ्नो सीआरएन नम्बर हेर्न सकिन्छ । इजी बैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा ग्राहकहरू सुरक्षाको दृष्टिकोणले अझ बढि लाभदायी रहने विश्वास बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL