Logo

बुटवलमा माघ २२ गतेदेखि कृषि मेला, स्थानीय कृषि उत्पादनको प्रदर्शनी

बुटवलमा माघ २२ गतेदेखि कृषि मेला, स्थानीय कृषि उत्पादनको प्रदर्शनी


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता,
काठमाडौं । आगामी माघको तेस्रो साता बुटवलमा कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघले आगामी माघ २२ देखि २७ गतेसम्म बुटवलमा कृषि मेला गर्ने भएको हो ।

वार्षिकरुपमा आयोजना हुँदै आएको मेलालाई सफल पार्न संघले तयारीलाई तिव्रता समेत दिएको छ । मेलामा स्थानिय कृषि उत्पादन, कृषि सामग्री तथा अन्तर्राष्टिय कृषि सामग्रीको प्रदर्शनी गरिने छ । त्यस्तै, कृषिसँग सम्बन्धी उत्पादन, वस्तु र सेवाको प्रदर्शनी हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL