Logo

अर्गानिक संघमा नयाँ कार्यसमिति, महासंघमा रुपान्तरण हुने तयारी

अर्गानिक संघमा नयाँ कार्यसमिति, महासंघमा रुपान्तरण हुने तयारी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१२ पुस, काठमाडौं । अर्गानिक कृषि उत्पादन तथा बजारीकरणमा संलग्न व्यवसायीहरुको साझा संस्था अर्गानिक नेपाल केन्द्र संघले नयाँ कार्यसमिति चयन गरेको छ । संघको प्रथम साधारणसभाले अध्यक्षमा धर्मराज श्रेष्ठसहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
साधारणसभाले उपाध्यक्षमा खगेन्द्र श्रेष्ठ, महासचिवमा विलबहादुर अधिकारी, सचिवमा कपिल प्रजापति र कोषाध्यक्ष्यमा केशर श्रेष्ठलाई निर्वाचित गरेको हो । त्यस्तै, संघको सदस्यहरुमा मोहन घले, पवित्रा भण्डारी, गुहेश्वरी खड्का, रामप्रसाद पाठक, लक्ष्मण गुरुङ, सागर थापा निर्वाचित हुनु भएको हो ।
साधारणसभाले अर्गानिक नेपाल केन्द्रीय संघको देशकभर जिल्ला शाखा गठन गरी महासंघको रुपमा विस्तार गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै, अर्गानिक मेला सञ्चालन, अर्गानिक कृषक, अर्गानिक कृषि सहकारी र अर्गानिक क्षेत्रमा काम गर्ने संघ, सस्थासंग मिलेर काम गर्ने निर्णय पनि गरेको जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL