Logo

जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले माग्यो ३७ हजार कर्मचारी, यसरी गर्न सकिन्छ आवेदन

जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले माग्यो ३७ हजार कर्मचारी, यसरी गर्न सकिन्छ आवेदन



काठमाडौं ।  केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ । विभागले राष्ट्रिय जनगणना २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो ।

laxmi

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको जानकारी दिएको हो । जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुने विभागले जनाएको छ ।

करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाइ छ ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार २०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिनेछ ।

जनगणना विभिन्न प्रविधि अपनाइ गरिने उनको भनाइ छ । मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL