Logo

पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ पुग्यो

पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ४ सय ९१ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ६ सय १४ जना संक्रमित भेटिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।

laxmi

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ४ सय ३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ रहेको छ ।

नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार ७ सय ९३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL