Logo

सरकारको कोरोना कोषमा २२ करोड रुपैयाँ जम्मा, दैनिक जम्मा हुँदै

सरकारको कोरोना कोषमा २२ करोड रुपैयाँ जम्मा, दैनिक जम्मा हुँदै



कारठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मङ्गलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ रुपैयाँ जम्मा भएको छ । सरकारले गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

laxmi

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दैनिक कोषमा रकम जम्मा भइरहेको जानकारी दिए । उनका अनुसार कोषमा मङ्गलबारमात्र नेपाल औद्योगिक महासङ्घले ५० लाख, १ लाखभन्दा कम दिएकाबाट १ करोड ९ लाख २९ हजार २४ रुपैयाँ जम्मा भएको छ । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाबराबरको रकम उक्त कोषमा जम्मा गरिसक्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL