काठमाडौं । १८० यात्रु र १२ जना चालक दलका सदस्य रहेको युक्रेनी जहाज इरानमा दुर्घटना भएको छ । बुधबार बिहान इरानको राजधानी तेहरानमा बोइङ ७३७ जहाज जहाज दुर्घटनामा परेको हो ।
उक्त जहाज तेहरानको खामोनी विमानस्थल नजिकै दुर्घटनामा परेको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्था एसोसिएट प्रेसले जनाएको छ ।
इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार युक्रेनको राजधानी किभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि जहाज दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आइसकेको छैन ।