Logo

ग्लोबल आइएमई र नारायणी बयोधा अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालमा छुट

ग्लोबल आइएमई र नारायणी बयोधा अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालमा छुट



काठमाडौं । ग्लोबल आइएमई बैंक र नारायणी बयोधा अस्पताल बीच सम्झौता भएको छ । बुधबार बैंकका ग्राहकलाई अस्पतालको सेवामा विशेष छुट दिनेसम्बन्धी बैं र अस्पतालबीच सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौताको सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको वीरगञ्ज शाखा प्रमुख राकेश ज्ञवाली र नारायणी बयोधा अस्पतालका मानव संशाधन प्रबन्धक अशु शर्माले हस्ताक्षर गरेका हुन ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।

उक्त सम्झौता पश्चात नारायणी बयोधा, वीरगञ्जमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट क्रेडिट प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL