Logo

सरकारी ढुकुटीमा प्राधिकरणको साढे १५ अर्ब रुपैयाँ, यो बर्ष मात्रै सवा ७ अर्ब योगदान

सरकारी ढुकुटीमा प्राधिकरणको साढे १५ अर्ब रुपैयाँ, यो बर्ष मात्रै सवा ७ अर्ब योगदान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्द्रित भएको प्राधिकरणले एक वर्षमा उक्त नाफा कमाउन सफल भएको हो ।

laxmi

प्राधिकरणले सरकारी ढुकुटीमा गत वर्ष मात्रै साढे १५ अर्ब भन्दा बढी रकम जम्मा गरेको छ । प्राधिकरणले गतवर्ष सरकारको ढुकुटीमा विगत वर्षहरुको ब्याज समेत १३ अर्ब १६ करोड र रोयल्टी वापत १ अर्ब ४४ करोड गरि जम्मा १५ अर्ब ५९ करोड रकम जम्मा गर्न सफल भएको हो ।

प्राधिकरणले विद्युत खरिदतर्फ निजी उत्पादकहरुबाट १४ अर्ब १३ करोड र आयाततर्फ २३ अर्ब ३ करोड हुन रहेको जनाएको छ । नेपालले गतवर्ष ३२ करोड रुपैयाँको विद्युत निर्यात समेत गरेको छ ।

कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले लगातार ३ बर्ष देखी नाफा कमाउन सफल भएको छ । २०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकमा रुपमा आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL