Logo

कामना सेवाको १२ औं बार्षिक साधारणसभा, सेयरधनीलाई साढे ९ प्रतिशत लाभांश

कामना सेवाको १२ औं बार्षिक साधारणसभा, सेयरधनीलाई साढे ९ प्रतिशत लाभांश



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई साढे ५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको शनिवार भएको १२ औं बार्षिक साधारणसभाले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

laxmi

जस अनुसार बैंकल ८ प्रतिशत नगद लाभांश र १ दशमलव ५ प्रतिशत बोनस सेयर वितरण गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरिएको बताए । साथै बैंकको भावी रणनीति प्रस्तुत गर्दे यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापति गराउने कार्ययोजना सहित अगाडि बढेको जानकारी दिए ।


काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४४ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL