Logo

सार्कक्षेत्रका लगानीकर्तालाई नेपालमा लगानी गर्न राणाको आग्रह, भन्छिन्, नेपाल उर्वर क्षेत्र हो

सार्कक्षेत्रका लगानीकर्तालाई नेपालमा लगानी गर्न राणाको आग्रह, भन्छिन्, नेपाल उर्वर क्षेत्र हो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सार्क क्षेत्रका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन ।

भारतको  नयाँ दिल्लीमा आयोजित सार्क विकास कोषको साझेदारी सम्मेलन–२०१८ लाई संवोधन गर्दै नेपालमा लगानीका लागि सार्क क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गरेकी हुन ।

सम्मेलनमा सार्क सदस्य राष्ट्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, नीति निर्माताहरू लगायतको सहभागिता रहेको थियो । उक्त सम्मेलनको दोस्रो प्राविधिक सत्रमा सामाजिक शीर्षक अन्तरगत गरिवी निवारण, मानव विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सह–वित्तियकरणका लागि सम्भावित परियोजनाहरूको पहिचान विषयक विशेष सत्रलाई संबोधन गर्दै अध्यक्ष राणाले सो आग्रह गरेकी हुन ।

उक्त सत्रमा नेपालको निजी क्षेत्रको धारणा राख्दै उनले क्षेत्रीय आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिएकी हुन । दक्षिण एशियाली राष्ट्रहरूको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरू को निकै ठूलो योगदान रहेकाले प्रविधिहरूले सुसज्जित बनाउन र यस क्षेत्रमा प्रविधि आदान प्रदानमा विशेष जोड दिनुपर्ने बताइन ।

उनले नेपाल दक्षिण एशियामा लगानीका लागि उर्वर क्षेत्र रहेकाले पर्यटन, पूर्वाधार, जलस्रोत, कृषि लगायतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्न पर्याप्त अवसर रहेको जानकारी गराइन ।

उक्त सम्मेलनमा सह–वित्तियकरणका लागि पर्यटन, साना तथा मझौला उद्यम, कृषि, क्षेत्रीय प्रयोगशाला, उर्जा लगायतका सम्भावित क्षेत्रमा परियोजनाहरू प्रस्ताव गरिएको छ ।

अध्यक्ष राणासँगै उक्त सम्मेलनमा महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाल, सार्क उवासंघका सदस्य वासुदेव गौतम र निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले भाग लिएका छन ।

बुधबार सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले सार्क उवासंघ(नेपाल)को तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL