Logo

ढल्केबर–मुजफ्फरपुरबाट विद्युत आयातका लागि पीपीए, शुल्क ५ प्रतिशतले बढ्ने

ढल्केबर–मुजफ्फरपुरबाट विद्युत आयातका लागि पीपीए, शुल्क ५ प्रतिशतले बढ्ने


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट विद्युत आयात गर्न १५ महिनाको लागि नयाँ विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । भारतको नयाँ दिल्लीमा सोमबार, मंगलबार र बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र भारतीय पक्षबीच यही अप्रिल सन् २०१८ बाट लागू हुने गरी १५ महिनाको पीपीए भएको हो ।

गत २७ डिसेम्बर २०१७ मा नविकरण भएको पीपीएको म्याद यही १७ चैत (३१ मार्च)मा सकिंदैछ । नयाँ सम्झौतासँगै अब पीपीएको म्याद जुन २०१९सम्म रहने छ ।

पीपीएमा कार्यकारी निर्देशक घिसिङ र एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले बुधबार नयाँ दिल्लीमा हस्ताक्षर गरेका हुन् । प्राधिकरणका प्रवक्ता एवं विद्युत व्यापार विभाग प्रमुख प्रबल अधिकारीले पीपीए हस्ताक्षरपछि ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत १ सय २० मेगावाट विद्युत आयात सुनिश्चित भएको बताए । नयाँ सम्झौतासँगै विद्युतको मूल्य बढ्ने भएको छ । हाल प्रािधकरणले प्रति युनिट मूल्य ३.९८ भारतीय रुपैयाँ अर्थात ६ रुपैयाँ ३६ पैसामा खरिद गर्दै आएको ६ महिना पछि उक्त मूल्यमा ५ प्रतिशत बृद्धि हुने गरी सम्झौता गरिएको छ ।

हाल प्राधिकरणले व्यापारिकरुपमा, विद्युत आदान प्रदान सम्झौता (पावर एक्सेन्ज) र महाकाली सन्धी अन्तर्गतको विजुली भारतबाट ल्याइरहेको छ । व्यापारिकरुपमा ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सेन्ज अन्तर्गत भारतबाट विजुली ल्याइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL