Logo

एनआईसी एशियाको दुई नयाँ शाखा आँबु खैरेनी र हरमटारीमा, शाखा संख्या १५६ पुग्यो

एनआईसी एशियाको दुई नयाँ शाखा आँबु खैरेनी र हरमटारीमा, शाखा संख्या १५६ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एशिया बैङकले आफ्ना दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तनहुँको आबुखैरेनी र गोरखाको हरमटारीमा सोमबारबाट सेवा सुचारु गरेको हो ।

उल्लेखित २ शाखा कार्यालयहरुको उद्घाटन सँगै हाल यस बैंकका नेपालभर १५६ शाखा कार्यालयहरु तथा १४१ एटिएम रहेका छन ।
साथै ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाइ सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यसहित अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जानकारी दिएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा बैंक निजी क्षेत्रको अग्रणी बैङकहरु मध्ये एक रहेको बैंकको दाबी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL