Logo

एकै पटक खोल्यो एनआइसी एसियाले ९ शाखा, अन्य स्थानमा पनि विस्तार गर्दै

एकै पटक खोल्यो एनआइसी एसियाले ९ शाखा, अन्य स्थानमा पनि विस्तार गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआइ सी एशिया बैंकले एकै पटक ९ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले आज एक समारोहबीच उक्त शाखारु संचालनमा ल्याएको हो ।
बैंकले थप ९ शाखा संचालनमा ल्याएसँगै शाखा संजाल संख्या १ सय ७ पुगेको छ ।

जसमध्ये सौ-फर्साटिकर स्थित ९१ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द प्रसाद श्रेष्ठ, धकधई स्थित ९२ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद शर्मा, भुमही स्थित ९४ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, भिमबहादुर थापा र बाँसगढी स्थित ९५ औं शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, नेपालगंज कार्यालयका निर्देशक गुरुप्रसाद पौडेलले गरेका थिए ।

यसैगरी, पर्सा स्थित ९६ औं शाखाको उद्घाटन खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठ, टाँडी स्थित ९७ औं शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष, ज्ञानबहादुर बिसुराल, दुलेगौडा स्थित ९९ औं र भिमाद स्थित १ सय ३ औं शाखाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डित र हाकिम चोक स्थित १ सय १ औं शाखाको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी स्थानमा रहेको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL