Logo

एक्विजिसनमा ग्लोबल आईएमईको सातौ सफलता, चुक्ता पूँजी सवा ७ अर्ब पुग्यो

एक्विजिसनमा ग्लोबल आईएमईको सातौ सफलता, चुक्ता पूँजी सवा ७ अर्ब पुग्यो


बिजखबर संवाददाता
27
Shares

ग्लोबल आईएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गरी एकिकृत कारोवार शुरु गरेको छ । ग्लोबलले आफ्नो सातौ एक्विजिसनको क्रममा प्यासिफिकलाई ल्याएको हो ।

प्यासिफिकलाई प्राप्ती गरेसँगै बैंकको चुक्ता पूँजी ७ अर्ब २४ करोड पुगेको छ । थप अरु ३ ओटा बैंक वित्तीय संस्था प्राप्तीको क्रममा रहेको र सोसँगै ग्लोबल आईएमई शसक्त बैंकको रुपमा अघि बढ्न बैंक संचालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । ‘ग्लोबलले रिलायबल डेभलपमेन्ट बैंक खरिदका लागि पनि सम्झौता गरिसकेको छ,’ उनले भने, ‘यो प्राप्ति गरेसँगै ग्लोबलमा १० वटा बैंक वित्तीय संस्था गाभिने छन् ।’

लमजुङ जिल्ला कार्यक्षेत्र भएको प्यासिफिक प्राप्तीसँगै बैंकको कुल निक्षेप संकलन ८५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ७२ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । हाल बैंकले ९४ वटा शाखा कार्यालय, ४४ वटा ब्राञ्चलेस बैंकिङ, एक्स्टेन्सन काउण्टर तथा एटिम गरी ६ लाख ७० हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको ढकालले जानकारी दिए ।

प्यासिफि प्राप्तीसँगै जमजुङ जिल्लामा आफ्नो प्रभुत्व जमाउन थप सहज हुने बैंकका प्रमुख कार्यकारी अघिकृत अनिल ज्ञवालीले बताए । ‘अहिले लमजुङ जलविद्युत, पर्यटन तथा कृषिका क्षेत्रले उर्वर भुमीको रुपमा अघि बढेको छ,’ उनले भने, ‘लमजुङ जिल्लाको विकास निर्माणका गतिविधिमा ग्लोबल बैंकले सघाउने छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL