Logo

अब अनलाइनबाटै गर्नुस उद्योग दर्ता, माघ २ गतेदेखि औपचारीक सुरुवात

अब अनलाइनबाटै गर्नुस उद्योग दर्ता, माघ २ गतेदेखि औपचारीक सुरुवात


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग विभागबाट उपलब्ध हुने सेवा आगामी माघ २ गतेदेखि अनलाइनबाटै लिन सकिने भएको छ । उद्योग दर्ताका समग्र प्रक्रियालाई अनलाईनमै उपलब्ध गराउने किसिमले काम अघि बढेको उद्योगमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए ।
अनलाइन प्रणाली सञ्चालनमा आएपछि विदेशी लगानी दर्ताको प्रक्रिया कम्तिमा एक हप्ताभित्र पुरा हुने मन्त्री जोशीले बताए । यसअघि पनि तत्कालिन महानिर्देशक महेश्वर न्यौपानेले कात्तिक २९ गतेदेखि अनलाइन प्रणालीमा लैजाने गरी तयारी गरेको बताएका थिए । तर, मन्त्री जोशीले समय नदिएका कारण सो समयमा संचालनमा ल्याउन नसकिएको विभाग स्रोतले जानकारी दिएको छ । मन्त्रीले समय नदिएकै कारण अनलाई दर्ता प्रक्रिया झण्डै २ महिना पछि धकेलिन गएको हो ।
विभागलाई पूर्ण स्वचालित प्रणालीमा लैजाने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको हो । स्वचालित प्रणाली अनुसार प्रत्यक्ष विदेशी लगानी स्वीकृति, उद्योग दर्ता, व्यावसायीक भिसा सिफारिस तथा प्रारम्भिक वातावरणीय मुल्याङ्कन (आईई)को काम पनि अनलाइनबाटै पुरा हुनेछ । उद्योगको क्षमता विस्तार तथा नविकरणलगायत काम पनि अनलाइनबाटै गर्न सकिने भएकोले सेवाग्राहीलाई विभागसम्म आउनुपर्ने बाध्यता हट्ने विभागका निर्देशक दुर्गा भुसालले बताए ।

विभागले उद्योग दर्ता सम्वन्धमा अनावश्यक प्रक्रिया समेत कटौती गर्न लागेको उनले जानकारी दिए ।
अनलाइन प्रणाली लागु भएसँगै विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न आकर्षित हुनुका साथै ‘डुइङ विजनेस कष्ट’लाई क मगर्ने मन्त्री जोशीको विश्वास छ । डुइङ विजनेस अन्तर्गत उद्योग दर्ताका लागि लाग्ने यात्रा तथा सञ्चालन खर्च र कागजात पर्छन् ।

क्लाउडमा जाने पहिलो सरकारी कम्पनी

उद्योग विभाग नेपालमै पहिलो क्लाउडमा जाने सरकारी कम्पनी हुने भएको छ । विभागले आफ्ना डाटा क्लाउड सिस्टममा राख्ने तयारी गरेको जनाएको छ । अनलाइन प्रणालीमा गएसँगै विभागले सूचना प्रविधि विभागको क्लाउड प्रयोग गर्न लागेको हो । जसले गर्दा आफ्नो छुट्टै डाटा सेन्टर राख्नु नपर्ने र हार्डवयर खरिद बापतको खर्च भार कम हुन्छ । डाटा सेन्टर र विज्ञको सहयोग समेत प्राप्त हुने भएकोले व्यवस्थापनको जिम्मा सम्बन्धित कम्पनीको नै हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL