Logo

फोनपे र एनएमबी क्यापिटलबीच आईपीओ जारी गर्ने पूर्वतयारी सम्झौता

फोनपे र एनएमबी क्यापिटलबीच आईपीओ जारी गर्ने पूर्वतयारी सम्झौता



काठमाडौँ । नेपालको भुक्तानी प्रणाली सञ्चालक, फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आइपिओ जारी गर्ने पूर्वतयारी सुरु गरेको छ । यसमा लागि फोनपे र एनएमवी क्यापिटलबीच परामर्शसेवा सम्बन्धी सम्झौता भएको छ । एनएमबी क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आइपिओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ ।

laxmi

यो सम्झौतासँगै एनएमवी क्यापिटलले फोनपेलाइ आइपीयो जारी गर्न चाहिने पूर्व तयारी गर्न सघाउने छ । पूर्व तयारीको काम सकिएपछि नियमक निकायबाट आवश्यक स्वीकृति लिइ फोनपेले सर्वसाधारणका लागि आइपीओे जारी गर्ने छ । फोनपे आइपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पिनी हो । नेपालको पूँजी बजारमा सार्वजनिक सूचिकृत कम्पनी बन्न पाइला चालिरहेको फोनपेको लागि एनएमवी संग सम्झौता एक महत्वपूर्ण कोसेढुङ्गा बनेको कम्पनीको भनाइ छ ।

सम्झौतामा हस्ताक्षर गर्दै फोनपेका प्रमुख कार्याकारी प्रमुख दिवस सापकोटाले एनएमवीसंगंको सम्झौताले आफुहरुलाइ थप सहज हुने बताए । ‘हामीले साधारण शेयर जारी गर्ने मात्र भन्दा पनि प्रविधि क्षेत्रमा काम गरि रहेका नेपालका अन्य कम्पनीहरुलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौँ । यस सपनालाई हासिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदशन गर्नका लागि एनएमबी क्यापिटलसंग सहकार्य गर्न लागेका हौं’ उनले भने ।

फोनपे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजतपत्र प्राप्त एक अग्रणी डिजिटल भुक्तानी नेटवर्क हो । सन् २०१९ देखि सञ्चालनमा रहेको फोनपेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोन मार्फत नगदरहित भुक्तानी सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL