Logo

विदेशी सहयोगमा अर्थमन्त्री र गभर्नरको फरक मत

विदेशी सहयोगमा अर्थमन्त्री र गभर्नरको फरक मत



सबै सहयोग चाहिन्छ– अर्थमन्त्री, ऋण चाहिदैन– गभर्नर

काठमाडौं, ३१ भदौ । पूर्वाधारमा विदेशी लगानी भित्र्याएर मुलुकलाई विकासशील श्रेणीमा पु¥याउने जिम्मेवारी लिएका सरकारी अधिकारीविच नै विवाद हुन थालेको छ । अर्थमन्त्री विदेशी सहयोगमा लगानी बढाउने अभियानमा लागेका छन् भने राष्ट्र बैंकका गभर्नर विदेशी ऋण सहयोगको अर्थ नहुने बताउन थालेका छन् ।

अर्थमन्त्री र गभर्नरको यस्तो विवादले विदेशी लगानीकर्तामा शंका भने पैदा गर्ने छ । अर्थमन्त्री डा. रामशरण महत बढीभन्दा बढी विदेशी लगानी भित्र्याउन चाहन्छन् । विदेशी लगानी जुटाउन कै लागि उनले विभिन्न देशका लगानीकर्तालाई भेटेर लगानीको बाताबरण राम्रो बनेको भन्दै लगानी गर्न आग्रह गरिरहेका छन् । विषेशगरी पूर्वाधार क्षेत्रमा लगानी बढाउन आवश्यक भएको र ठूलो परिमाणको लगानी आवश्यक पर्ने हुदा सवै प्रकारको विदेशी लगानी आवश्यक हुने अर्थमन्त्रीको भनाइ छ ।

नेपालले सन् २०२२ सम्ममा आफूलाई विकासशील श्रेणीमा उठाउन ९७ खर्ब रुपैयाँ लगानी आवश्यक हुने सरकारी अधिकारीहरुको भनाइ छ । यसको लागि नीजी क्षेत्रवाट ६६ खर्ब र सरकारी क्षेत्रवाट ३३ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । आठ वर्षको विचमा यति ठूलो परिमाणमा लगानी आवश्यक हुने भएकोले सवै प्रकारको लगानीलाई स्वागत गर्नुपर्ने अर्थमन्त्रीले बताउदै आएका छन् ।

तर नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा भने विदेशी ऋण सहयोगको कुनै अर्थ नहुने बताउछन् । सोमवार प्रभु बैंकको संयुक्त कारोवारको उद्घाटन कार्यक्रममा उनले विदेशी ऋण नेपाललाई आवश्यक नभएको विचार राखे । यस्तै बहुराष्ट्रिय वित्तीय संस्थाले नेपाली मुद्रामा जारी गरेको ऋणपत्रले पूर्वाधार विकासमा खासै सहयोग नपुग्ने उनको आसय थियो ।

‘केहि साथीहरु यति खर्ब लगानी गर्नुपर्छ भन्दै अंक जपेर हिड्नु भएको छ’– गभर्नर डा. खतिवडाले भने– बस्तुपरक मूल्यांकन नगरी अंक मात्र जपेर हिड्दा दुर्घटनामा पर्ने सम्भवना बढी हुन्छ ।

यस्तै उनले वहुराष्ट्रिय कम्पनीले नेपाली मुद्रामा जारी गर्न लागेको ऋणपत्रको पनि घुमाउरो रुपमा विरोध गरे । विदेशी सेयर लगानी आवश्यक भएको समयमा ऋण सहयोग आएर कुनै प्रगति नहुने उनको भनाइ छ ।

‘हामीलाई अहिले विदेशी ऋण चाहिएको होइन, विदेशी इक्विटीमा पूर्वाधार निर्माण हुनुपरेको हो’ गभर्नर डा खतिवडाले भने– यसरी विदेशी र बहुराष्ट्रिय वित्तीय संस्थाहरु ऋण दिन नेपालसम्म आइपुग्दा स्वदेशी पूजी लगानीमा संचालित बैंक वित्तीय संस्थाको अवस्था के हुने भनेर पनि हेर्नुपर्ने हुन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL