Logo

चामल आयात ३५ प्रतिशतले बढ्यो, ८ महिनामा साढे १३ अर्बको खरिद

चामल आयात ३५ प्रतिशतले बढ्यो, ८ महिनामा साढे १३ अर्बको खरिद


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाललाई कृषि प्रधान देश भनिरहदा कृषि प्रतिको परनिर्भरता दिनानुदिन बढ्न थालेको छ । नेपालमा पछिल्लो समय चामल प्रतिको परनिर्भरता अझै बढी रहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार नेपालले चालू आर्थिक वर्षको पहिलो ८ महिनामा भारतबाट १३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको चामल खरिद गरिसकेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा झण्डै ३५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कुल ९ अर्ब ९१ करोड रुपैयाँको मात्र चामल आयात भएको थियो ।

नेपालका खेतीयोग्य जमिनमा प्लटिङ गरिएको र आकाशे पानीमा आधारित कृषि प्रणाली भएकाले पनि चालमलमा परिनिर्भरता बढ्दै गएको कृषि मन्त्रालयले जानकारी दिएको छ । ‘धान उत्पादनका लागि सिचाइको व्यवस्था हुनुपर्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर, नेपालको कृषि प्रणाली आकाशे पानीमा आधारित छ ।’ सिचाईको व्यवस्था नगरिएसम्म चामलमा परनिर्भरता बढ्दै जाने उनको भनाइ थियो ।

कृषकलाई जतिसुकै उन्नतजातका विउविजन वितरण गरेपनि सिचाईको व्यवस्था नगरेसम्म कृषि उत्पादनमा बृद्धि नहुने मन्त्रालयको तर्क छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार पछिल्लो समय चामलको आयात बर्षेनी बढ्दै गएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL