काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो १४ औँ बार्षिक साधारसभा डाकेको छ । असोज ४ गते बसेको कम्पनीको संचालक समितिको बैठकले असोज २८ गते दिउँसो ३ बजे बस्नेगरी साधारण सभा गर्ने निर्णय गरेको हो ।
४ गते बसेको संचालक समितिको बैठकले सेयर लगानीकर्तालाई १० प्रतिशतका दरले नगद अनुदान दिने निर्णयलाई पारित गर्ने निर्णय गरेको ।
यस्तै साधारणसभामा कम्नपीको अडिटर र सोको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको खरिद तथा लगानीको रकम अनुमोदन गर्नेलगायतका कार्य गर्नेछ । साधारणसभा लैनचौरस्थित होटल एम्बास्डरमा हुने बताईएको छ ।