Logo

एक वर्षमा १७४२ कामदारको ६५ करोड ७१ लाख ठगी, ४१५ जनाले पाए ३१ करोड ७९ लाख क्षतिपूर्ति

एक वर्षमा १७४२ कामदारको ६५ करोड ७१ लाख ठगी, ४१५ जनाले पाए ३१ करोड ७९ लाख क्षतिपूर्ति



काठमाडौं । आर्थिक वर्ष २०७८।७९ मा १ हजार ७४२ जना कामदार ठगिएका छन् । म्यानपावर कम्पनी र व्यक्तिगत रुपमा वैदैशिक रोगारीमा पठाईदिने एजेन्टले कामदारसँग ६५ करोड ७१ लाख रुपैयाँ ठगेका हुन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको भन्दा गत आवमा कामदार ठगिनेक्रम रकमको तुलनमा आधाले घटेपनि संख्याको आधारमा भने उल्लेखनीय बढेको छ ।

laxmi

तथ्यांक अनुसार रकमको आधारमा आर्थिक वर्ष २०७७।७८ तुलनामा २०७८।७९ मा आधाभन्दा बढीले घटेको छ । अघिल्लो आबमा वैदेशिक रोजगारीमा जाने कामदारहरुको संस्थागत र व्यक्तिगत गरी १ अर्ब ३१ करोड ५४ लाख ठगी भएकोमा गत आबमा त्यसमा सुधार हुँदै ६५ करोड ७१ लाख रुपैयाँ मात्रै ठगी भएको छ । तर संख्यात्मक रुपमा हेर्दा अघिल्लो आबमा ७८० जना कामदार गठएिकोमा गत आबमा १ हजार ७४२ जना कामदार ठगिन पुगेका छन् ।

यसैगरी गत वर्षमा ४१५ कामदारले क्षतिपूर्ति पाएका छन् । उनीहरुले मिलापत्र र म्यानपावर कम्पनीको धरौटी रकमबाट गरी ३१ करोड ७९ लाख रुपैया क्षतिपूर्ति पाएका हुन् । सो अबधिमा वैदेशिक रोजगार विभागले २२ करोड ६८ लाख विगो दावी सहित अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL