Logo

पर्यटनमन्त्री भट्टराई र वायुसेवा सञ्चालकबीच छलफल, उद्घाटनमा एयर सो गरिने

पर्यटनमन्त्री भट्टराई र वायुसेवा सञ्चालकबीच छलफल, उद्घाटनमा एयर सो गरिने



काठमाडौं । वायुसेवा सञ्चालकहरुले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन एयर सो गर्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० लाई सफल बनाउन वायुसेवा संचालकहरुलाई आग्रह गरे पछि संचालकहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

laxmi

सोमबार मन्त्रालयमा वायुसेवा संचालकहरुका संगठन ‘वायुसेवा सञ्चालक संघ, नेपाल’ का पदाधिकारीहरुसँग भएको छलफलमा वायुसेवा सञ्चालकहरुले आफ्ना सरोकार र समस्या समेत राख्दै सहयोग र सहभागिताको प्रतिबद्धता जनाएका हुन ।

छलफलमा मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० मा सबैले सहयोग गर्नु पर्ने बताउँदै वायुसेवा सञ्चालकहरुलाई भ्रमण वर्ष २०२० को सन्दर्भमा विशेष छुट, प्याकेज लगायतका कार्यक्रम बनाउन समेत आग्रह गरेका छन । साथै उनले उद्घाटनमा ‘एयर सो’ लगायतका सृजनात्मक सहयोग गर्नका लागि समेत अनुरोध गरेका छन ।

वायुसेवा सञ्चालक संघ, नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भ्रमण वर्ष २०२० लाई सफल बनाउन वायुसेवा सञ्चालकहरु सक्रिय भएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । उनले संघको तर्फबाट वायुसेवाहरुको समस्या र समधानको बिषयमा सुझाव राख्दै भ्रमण वर्षको अवधिभर निषेधित क्षेत्रमा हेलिकप्टर कम्पनीहरुलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने माग राखेका छन ।

यसैगरी काठमाडौंदेखि रामेछापसम्मका बाटो स्तरोन्नतीको लागि समेत मन्त्री भट्टराईलाई आग्रह गरेका छन । छलफलमा संघका सदस्य निमानुरु शेर्पा, हेली एभरेष्टका योगराज कडेल शर्मा लगायतले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन वायुसेवा कम्पनीहरुको सहयोग रहने बताएका छन ।

त्यस्तै विदेशी विशिष्ट व्यत्तित्व र सेलीब्रेटीहरुलाई छुट दिने बिषयमा समेत छलफल भएको छ । उक्त छलफल पछि छुटको बिषयमा ठोस कार्ययोजना तयार पार्नका लागि भ्रमण वर्षको सचिवालय, पर्यटन बोर्ड र वायुसेवा सञ्चालक संघ, नेपाल रहेको समिति समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL