Logo

हुवावे इन्जोय ५ स्मार्टफोन सार्वजनिक, मूल्य करिब १६ हजार ५ सय

हुवावे इन्जोय ५ स्मार्टफोन सार्वजनिक, मूल्य करिब १६ हजार ५ सय


बिजखबर संवाददाता
0
Shares

हुवावे कम्पनीले आफ्नो इन्जोय ५ नामक नयाँ ४ जी स्मार्टफोन सार्वजनिक गरेको छ। यसको मूल्य करिब १६ हजार ५ सय रुपैयाँ रहेको छ। यस फोनमा ४ हजार एमएएच पावरको ब्याट्री दिइएको छ, जसले २४ दिनको ब्याट्री ब्याकअप दिने कम्पनीले जनाएको छ।

हुवावे इन्जोय ५ मा १।३ जीएचजेड क्वाडकोर, मिडियाटेक एमटी ६७३५ प्रोसेसर, र्याम २ जीबी, १६ जीबी इन्टरनल मेमोरीजस्ता सुविधा छन् ।
त्यस्तै ५ मेगापीक्सेल फ्रन्ट र १३ मेगापीक्सेल व्याक क्यामरा छ ।

एन्ड्रोइड ५।१ ललीपप अपरेटि सिस्टमको यो फोनमा ४ जी एलटीइ, वाईफाई, ब्लुटुथ, युएसबी ओटीजी, माइक्रो युएसबी पोर्टजस्ता विशेषता छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL