Logo

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार हस्तान्तरण, बम्पर उपहार जित्ने मौका

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार हस्तान्तरण, बम्पर उपहार जित्ने मौका



काठमाडौं । एनसेलल आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स विक्रेतालाई पुरस्कार दिएको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै उक्त १४ जनालाई सुन, ल्यापटप, माउन्टेन बाईक र वासिङ मेसिन उपहार हस्तान्तरण गरेको हो ।

laxmi

उक्त योजना अन्तर्गत उक्त १४ खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्ग, प्रख्यात क्रिकेट खेलाडी सन्दिप लामिछाने, कलाकार प्रियंका कार्की र गायक शिव परियारले संयुक्तरुपमा सोमबार पुरस्कार हस्तान्तरण गरेका थिए ।

एनसेलले आफ्नो उक्त योजना अन्तर्गत पुरस्कार जित्न योग्य देशभरीका खुद्रा बिक्रेताहरुलाई पुरस्कार हस्तान्तरण गर्नेछ ।

एनसेलको उक्त योजनाले खुद्रा बिक्रेताहरुलाई उत्साह प्रदान गरेको र आफुहरु एनसेलसँग आवद्घ हुन पाएकोमा निकै खुसी रहेको पुरस्कार पाएका खुद्रा बिक्रेताहरुले बताए ।

एनसेलले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना गत २०७५ चैत्र १ देखि लागु भएको थियो । उक्त योजना पुष २०७६ सम्म संचालनमा रहनेछ । यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ ।

यस योजना अन्तर्गत खुद्रा बिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समुह मध्य कुनै एक समुहमा आफुलाई सहभागी गराई आकर्षक बम्पर उपहार जस्तै कार, युरोप टुर प्याकेज र आइफोन जित्न सक्नेछन् ।

बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ ईन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वासिङ्ग मशिन र ल्यापटप लगायतका विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL