Logo

ललितपुर मोवाइल कम्प्लेक्सले ल्यायो होलि विशेष योजना, हात खाली नजाने पुरस्कार

ललितपुर मोवाइल कम्प्लेक्सले ल्यायो होलि विशेष योजना, हात खाली नजाने पुरस्कार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ललितपुर मोबाइल कम्प्लेक्सले होली पर्वको अवसर पारेर मोबाइल खरिदकर्ताहरुलाई हात खाली नहुने उपहार योजना ल्याएको छ । मोबाइल कम्प्लेक्सले ल्याएको होलीमा हात खाली नहुने योजनामा कुनैपनि ब्राण्डको मोबाइल फोन खरिदमा न्यूनतम छुट तथा विभिन्न उपहार ग्राहकले प्राप्त गर्नसक्ने बताइएको छ ।

होलीलाई अझ आकर्षक र रंगिन बनाउन कम्प्लेक्सले हात खाली नहुने योजना ल्याएको हो ।योजना अन्तर्गत होलीको अवसरमा हुवावे ब्राण्डका कुनैपनि फोनको खरिदमा ग्राहकलाई हात खाली नजाने उपहारमा ब्लूटूथ एचपी, सेल्फी स्टीक, टिसर्ट, ज्याकेट, कप, ब्राण्ड लोगोसहितको बोटल राखिएको छ ।

हुवावेका फरक फरक किसिमका फोन सेटअनुसार फरक किसिमका उपहारहरु मोबाइल खरिद गर्दा नै प्राप्त गर्न सकिनेछ ।

नेपालकै सबैभन्दा ठूलो मल्टिब्राण्ड शोरुममा अहिले बजारमा आएको सामसुंगको चर्चित स्मार्टफोन ग्यालेक्सी एस सेभेन वा एस सेभेन एजको प्रि बुकिंगमा २० हजार रुपैंयासम्मको गिफ्ट राखिएको छ ।
होलीको अवसरमा कम्प्लेक्सले अन्य मोबाइल ब्राण्ड सोनी, माइक्रोसफ्ट, जियोनी, एप्पल, डिटीसी, लाभा, नोकिया, सेलकोनको कुनैपनि फोन किन्दा १५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन लागेको बताइएको छ ।

छुट ग्राहकलाई मोबाइल खरिदको समयमा नै दिईनेछ । योजना यहि चैत ५ गतेदेखि कम्प्लेक्समा खरिद गर्ने कुनैपनि ब्राण्डका फोन, ट्याबलेट, फ्याबलेटको खरिदमा लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This