Logo

राजनीतिक संक्रमण छिचोल्दै लम्कियो नेप्से, एकैदिन ९५ अंकको वृद्धि हुँदा पौने ७ अर्बको कारोबार

राजनीतिक संक्रमण छिचोल्दै लम्कियो नेप्से, एकैदिन ९५ अंकको वृद्धि हुँदा पौने ७ अर्बको कारोबार



काठमाडौं । राजनीति संक्रमणका कारण आइतबार उच्च रुपमा गिरावट आएको नेप्से परिसूचक त्यसयता सोही अनुरुप बढ्न पुगेको छ । देशका राजनीतिक संक्रमण बढिरहँदा नेप्से परिसुचक भने ठिक त्यसको विपरित बढ्न पुगेको छ ।

laxmi

सोमबार ३० अंकले बढेको नेप्से परिसूचक मंगलबार ९५ अंकले उकालो लागेको छ । देशमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेर राजनीतिक संक्रमण बढेपनि नेप्से परिसूचकले भने उकालो बाटो तयर गरेको छ ।

मंगलबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा ९५.४६ अंकले उकालो लागेको छ । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसूचक हालसम्मकै ९५० अंकले बढेको छ भने निर्जीवन बीमा कम्पनीको परिसूचक पनि ५२७ अंकले बढ्न पुगेको छ ।

यसैगरी बजारमा प्रभुत्व रहेको बैंकिङ समुहको परिसूचक ८० अंकले बढेको छ । बैंकिङ समुहबाट आजैबाट लाभांश घोषणा गरेको नबिल बैंकले पोजेटिभ सर्किट हानेको छ । यसैगरी बजारमा विकास बैंक समुहको परिसुचक ६६ अंकले बढ्दा उत्पादनमुलक समुहको परिसूचक ११३, माईक्रोफाइनान्स १०७ र व्यापार समुह ७७ अंकले उकालो लागेका छन् ।

यसैगरी बजारमा दिनभर ६ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २०५ कम्पनीको १ करोड २७ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL