Logo

खरेलको ‘इन्ट्रेस्ट’ले जापान उडान अन्यौलमा, फ्लाइट समन्वय गर्ने प्रतिनिधिको नै भिसा रिजेक्ट

खरेलको ‘इन्ट्रेस्ट’ले जापान उडान अन्यौलमा, फ्लाइट समन्वय गर्ने प्रतिनिधिको नै भिसा रिजेक्ट



काठमाडौं । नेपाल एयरलाईन्सको जापान उडान नजिकिँदै जादा थप अन्यौलमा परेको छ । नेपाल एयरलाईन्सका अध्यक्ष मदन खरेलले जापानको तत्कालिन प्रतिनिधि देवमान हिराचनलाई हटाएर कमिशनको खेलामा अर्को व्यक्तिलाई जापानको स्थानीय प्रतिनिधि दिँदा निगमको जापान उडान नै अन्यौलमा परेको हो ।

laxmi

हिराचलने आसुका ट्राभल्स एण्ड टुर्समार्फत विगत ११ बर्षदेखि निगमको जापान प्रतिनिधि भएर काम गर्दै आएका थिए । पछिल्लो समय निगमको जापान उडानको लागि जापान सरकारसँग अनुमति ल्याएने काम पनि उनैले गरेका थिए । तर, उडान अनुमति लिएर उडानको मिति तोकिएसँगै निगमले हिराचनलाई आफ्नो प्रतिनिधिबाट हटाएको थियो ।

खरेलले जापान प्रतिनिधिमा हिराचनलाई हटाएर आफ्नै कर्मचारी सन्तोष पाण्डेलाई पठाएका थिए भने जिएसएमा जापानमै रेष्टुराँ चलाएर खार्पु शेर्पाहरुको कम्पनी एभिएसन इन्टरनेशन जापालाईलाई स्थानीय प्रतिनिधि तथा प्यासेन्जर्स सेल्स एजेन्ट (पिएसए) नियुक्त गरेको थियो ।

खरेलले ठूलो रकम लिएर जिएसए दिन लागेको समेत सम्बद्ध स्रोतको दावी रहेको छ । केही समय अघि खरेलले जापान गएर खार्पु शेर्पा लगायत एआईजेका प्रमुख कार्यकारीहरुसँग भेट गर्दै कमिशनको बिषयमा ठूलो डिल गरेको उक्त स्रोतको दावी थियो ।

जापान सरकारले भिजिट भिसामा गएर काम गर्न नपाउने भन्दै निगमले प्रतिनिधि तोकेको पाण्डेको समेत भिसा रिजेक्ट गरेको छ । पाण्डे विगत ९ महिना देखि जापानमा भिजिट भिसामा बस्दै आएका थिए । पछिल्लो समय जापान सरकारले भिजिट भिसामा बसेर काम गर्न नपाउने भन्दै पाण्डेलाई नेपाल फर्काइदिएको छ ।

निगमले आफुलाई प्रतिनिधिबाट हटाएसँगै हिराचन सर्वोच्च अदालत पुगेका थिए । अदालतले सुरुमा हिराचनको पक्षमा अन्तरिक आदेश जारी गरेपनि भ्याकेटमा सर्वोच्चले बुधबार निगमकै पक्षमा फैलसला गरेको छ ।

सर्वोच्चले निगमकै पक्षमा फैसला गरेपनि खरेलले कमिशनको खेलमा प्रतिनिधि, जिएसए तथा पिएसए नियुक्त गर्दा जापान उडान नै थप अन्यौलमा पर्ने भएको हो ।

जापानको उडान अनुमति दिने निकाय जेक्यापमा निगमको जापान स्थित आधिकारिक प्रतिनिधिमा हिराचनको आसुका ट्राभलको नाम रहेको छ । अहिले पनि जेक्यापले हिराचनलाई निगमको जापानस्थित आधिकारिक प्रतिनिधि मान्दै आएको छ । यसैगरी ओसाकाको ग्राण्ड ह्याण्डिलिङ गर्ने कम्पनीले पनि केही समय अघि निगमलेलाई जापानको आधिकारिक एजेन्ट कोहो ? हिराचनलाई किन हटाएको हो भनी प्रश्न गरेको थियो भने यदि हिराचनलाई हटाएको खण्डमा उडान अनुमति दिन असक्षम हुने भन्दै पत्र लेखेको थियो ।

पछिल्लो समय निगमले कमिशनकै खेलमा खरेलले स्थानीय प्रतिनिधिका साथै पिएसएमा समेत जापानको माफिया ग्रूप एआईजेलाई नियुक्त गरेको छ । निगमले कालोसूचीमा परेको एभिएसन इन्टरनेसनल जापान (एआईजे)लाई स्थानीय प्रतिनिधि तथा पिएसए नियुक्त गरेको छ ।

सो कम्पनीले म्यानमार एयरलाईन्सको समेत जापान प्रतिनिधि भएर काम गरेको थियो । म्यानमार एयरलाइन्सले जापानको कान्साइ एयरपोर्ट ओसाकाबाट म्यानमारको याङ्गुनसम्म चार्टर्ड फ्लाइट मात्र गर्दै आएको थियो ।

तर, माफियाद्वारा संचालित उक्त कम्पनीले सो एयरलाईन्सको समेत पैसा नतिरेपछि कालोसूचीमा राखेको थियो । एआईजेले एयरपोर्ट लगायत त्यहाँ तिर्नुपर्ने पैसा नतिरेर आफूहरूलाई ठूलो आर्थिक क्षति र्पुयाएको ठहरसहित म्यानमार एयरलाइन्सले कारवाही गरी कालोसूचीमा समेत राखेको थियो ।

निगमले जापानको पिएसले तोकेको कम्पनी कालोसूचीमा परेको र जापान प्रतिनिधि तोकेको नेपाली व्यक्ति सन्तोष पाण्डेलाई जापान सरकारले भिसा नदिएपछि यहि अगष्ट २९ तारिकमा जापानको ओसाकामा हुने उडान अनिश्चित बनेको हो ।

निगमले जापान प्रतिनिधि तोकेको जापान प्रतिनिधि सन्तोष पाण्डे विगत ९ महिनादेखि जापानमा भिजिट भिसामा बस्दै आएका थिए । तर, गत हप्ता जापान सरकारले उनलाई भिसा दिन अस्विकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL