काठमाडौं । नेपाल र चीनबीचको मित्रतालाई उत्सवका रुपमा मनाउने क्रममा एमकेडब्लु वेल्ट रोड च्याम्पियनसिप रेस्लिङको आयोजना हुने भएको छ ।
आउँदो बैशाख २८ गते शनिवारका हुने उक्त आयोजना हुन लागेको हो । वान वेल्ट वान रोड चीनद्वारा प्रायोजित एक योजना हो जसमा पुरानो सिल्क रोडको आधारमा एसिया, अफ्रिका र युरोपका देशका सडक र रेलमार्ग जोडिने छन् । यो योजनाले समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा योगदान दिने देखिएकाले नै यो अभियानकै नाममा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
नेपालले पनि विआरआइको माध्यमबाट नेपाल चीनको सम्बन्धलाई अझ घनिष्ट बनाउने विश्वास लिईएको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते ३ः०० बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुने छ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहेको छ ।
नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि अमेरिकाका एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग सामको सहभागीता हुने छ । चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा छन् । त्यसैगरि हङकङका के सी, चियरम्यान एएल, मिचेल सु छन् । न्यूजिल्यान्डका टोमी कम्ब्याट छन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश खड्का रहेका छन ।
प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने भएको हो । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् । यो प्रतियोगिता आयोजना गर्नका लागि ४५ लाख बजेट लाग्ने अनुमान गरिएको छ ।