Logo

ग्यास अभाव रोक्न विद्यार्थी संगठनको दवाबमुलक कार्यक्रम, दोहोरो मूल्यको माग

ग्यास अभाव रोक्न विद्यार्थी संगठनको दवाबमुलक कार्यक्रम, दोहोरो मूल्यको माग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१८ माघ काठमाडौं । संयुक्त विद्यार्थी युनियनले आइतवार एलपी ग्यासको कृत्रिम अभाव र सरकारी लाचारीपन नामक  अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बबरमहलस्थित सडकमा आयोजना गरेको  सो अन्तरक्रिया कार्यक्रममा  विभिन्न पार्टी निकट विद्यार्थी संगठनका नेताहरुले सरकारलाई ग्यास सहज रुपमा उपलब्ध गराउन माग गरेका थिए ।

laxmi

सो अवसरमा वाइसिएलका अध्यक्ष आरसी शर्माले वाणिज्य मन्त्रालय,आयाल निगम तथा ग्यास व्यवसायीहरुले ग्यास लुकाएर कमिसनको चक्करमा फसेको आरोप लगाए । ‘ग्यास कहाँकहाँ लुकाइएको छ र जनताबाट कति पैसा लुट्ने योजना भइरहेको बारे आफुलाई जानकारी भएको बताए ।

सो अवसरमा अर्थविद तथा पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले संसदिय समितिले ग्यासको आपुर्ती सहज बनाउन निर्देशन दिएपनि कार्यान्वयन नभएको गुनासो गरे ।
त्यस्तै क्षमता नै नभएको संस्थालाई जिम्मेवारी दिँदा समस्या आइरहेको आरोप लगाए । ‘अधिकृत पूँजी १० करोड भएको संस्थालाई खवैंको कारोवारको जिम्मा दिएर सरकारले गल्ति गरेको छ ’ उनले भने ।  निगमले राम्रो मान्छेलाई हटाएर भ्रष्ट मान्छेलाई प्रमुख बनाएकोमा आक्रोस व्यक्त गरेका ।

सो अवसरमा नेकपा माओवादी निकट विद्यार्थी संगठनका अध्यक्ष सुरेश गौतम मधेशि लोकतान्त्रिक फोरमका विद्यार्थी नेता  कपिलेश्वर यादव लगायतले ग्यासमा दोहोरो मूल्य कायम गर्न माग गरेका थिए ।  साथै  उद्यागेीहरुले गराएको कृत्रिम ग्यास अभाव रोक्न दवाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL