Logo

सुनको मूल्य उकालो, चाँदीको मूल्य पनि बढ्यो

सुनको मूल्य उकालो, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य केहि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १९ सय ८५ रुपैयाँ कायम भएको छ । यसअघि गत शुत्रबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्