Logo

जीवन बीमा कम्पनीले ६ महिनामा संकलन गरे ७४ अर्ब २२ करोड बीमाशुल्क, प्रथम बीमाशुल्क मात्रै १३ अर्ब ८१ करोड

जीवन बीमा कम्पनीले ६ महिनामा संकलन गरे ७४ अर्ब २२ करोड बीमाशुल्क, प्रथम बीमाशुल्क मात्रै १३ अर्ब ८१ करोड



काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा नेपालमा संचालित जीवन बीमा कम्पनीले ७४ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार गएको साउनयता मात्रै १४ जीवन बीमा कम्पनीहरुले सक्रिय रहेका १ करोड ३७ लाख ४१ हजार बीमालेखमार्फत उक्त बीमाशुल्क उठाएका हुन् ।

laxmi

यी कम्पनीहरुले पछिल्लो ६ महिनामा प्रथम अर्थात नयाँ बीमा शुल्क मात्रै १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ आर्जन गर्दा नविकरणिय बीमाशुल्क ६० अर्ब ४० करोड रुपैयाँ उठाएका हुन् ।

यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनीले पछिल्लो ६ महिनामा मात्रै २० अर्ब रुपैयाँ बराबर आर्जन गरेको हो । यस्तै सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने अर्काे कम्पनी भने लाईफ इन्स्योरेन्स कर्पाेरेशन छ ।

यो कम्पनीले पनि पछिल्लो ६ महिनामा ८ अर्ब ६२ करोड रुपैयाँ आर्जन गरेको छ । यसपछि क्रमशः नेशनल लाईफले ८ अर्ब ५६ करोड, हिमालयन लाईफले ८ अर्ब ९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ७५ करोड र एशियन लाईफले ३ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेका छन् ।

पछिल्लो ६ महिनामा सबैभन्दा कम बीमाशुल्क आर्जन गर्ने कम्पनी भने सन नेपाल लाईफ रहेको छ । यो कम्पनीले यो अवधिमा जम्मा १ अर्ब ७८ करोड रुपैयाँ मात्रै आर्जन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL