Logo

४८ वर्षपछि दुग्ध विकास संस्थान नाफामा, राजनितीक भागबन्डा र हस्तक्षेप हट्नु प्रमुख कारण

४८ वर्षपछि दुग्ध विकास संस्थान नाफामा, राजनितीक भागबन्डा र हस्तक्षेप हट्नु प्रमुख कारण


बिजखबर संवाददाता
0
Shares

दुग्ध विकास संस्थानले ४८ वर्षपछि यस वर्ष दोब्बर नाफा गरेको छ। वर्ष तीन करोड नाफा गरेको सो संस्थानले यस बर्ष दोब्बरनाफा गरेको हो । राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र संस्थाभित्रका कर्मचारी युनियनको भागबन्डाको संस्कारले ओरालो लागेको यो संस्था स्थापना भएको करिब ४८ वर्षपछि नाफामा उक्लिएको हो। संस्थाको ४८ औं बार्षिकोत्सवका अवसरमा यस्तो जानकारी दिइएको थियो ।

यसैवीच संस्थाले वार्षिकोत्सवको अवसर पारेर शनिवारदेखि दुई प्रकारको नयाँ उत्पादन सार्वजनिक गरेको छ। ‘दूध चिया’ र गाई भैँसीलाई खुवाइने ‘डिडिसी पशुआहार’ दाना सार्वजनिक गरेको हो।

किसानलाई गुणस्तरीय दाना उपलब्ध गराई दुधको उत्पादन वृद्वि गर्न र चियाका पारखीलाई लक्षित गरी सन्तुष्टि दिन उक्त वस्तुको उत्पादन तथा बिक्री वितरण सुरु गरिएको संस्थाका अध्यक्ष खिमबहादुर थापाले बताए।

संस्थानका अनुसार ‘दूध चिया’ को मूल्य प्रतिलिटर ६० र दानाको मूल्य प्रतिकिलो ३३ रुपैयाँ निर्धारण गरिएको छ । दूधको बिक्री वितरण कार्य दुग्ध विकास संस्थानका विभिन्न निकायबाट र दाना कारखाना मकवानपुर, हेटौँडा नगरपालिका १० मा स्थापना गरिएको छ।

वार्षिक आठ करोड लिटर दूध बिक्री गर्दै आएको डिडिसीले करिब ४४ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । दैनिक दुई लाख ५० हजार लि दुध किसानबाट सङ्कलन गरी प्रतिदिन एक करोड भुक्तानी गर्दे आएको संस्थाका महाप्रबन्धक गङ्गा तिम्सिनाले बताए।

कार्यक्रममा पशुपक्षी विकास मन्त्री शान्ता मानवीले आगामी तीन वर्षभित्र नेपाललाई दूधमा आत्मनिर्भर बनाइने दाबी गरे। सो अवसरमा पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले पशुपालनबाट मुलुकको गरिबी हट्ने बताए।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This