Logo

प्रधानमन्त्री देउवा सातौँ पटक विजयी, कति मत पाए स्वतन्त्रका ढकालले ?

प्रधानमन्त्री देउवा सातौँ पटक विजयी, कति मत पाए स्वतन्त्रका ढकालले ?



काठमाडौं । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गरेका छन् । योसँगै उनी यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी भएका हुन् ।

laxmi

कुल ५१ हजार २ सय ३ मतमा कांग्रेस सभापति देउवाले २५ हजार ५ सय ३४ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार नेपाली कांग्रेस (विपी)का कर्णबहादुर मल्लले ७ हजार ५ सय ३५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL