Logo

झनझन कमजोर बन्दै नेपाली रुपैयाँ : डलरको मूल्य हालसम्मकै उच्च, दबाबमा अर्थतन्त्र

झनझन कमजोर बन्दै नेपाली रुपैयाँ : डलरको मूल्य हालसम्मकै उच्च, दबाबमा अर्थतन्त्र



काठमाडौं । पछिल्लो समय विश्व बजार प्रवृत्ति र अमेरिकी फेडरल रिजर्भ बैंकको ब्याजदर वृद्धिका कारण डलर बलियो बनिरहँदा विश्वभरका धेरै मुद्राहरु कमजोर हुँदै गएका छन् । नेपाली मुद्राकै कुरा गर्दा बुधबार डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । बुधबार नेपाली बजारमा डलरको मूल्य १ सय २६.३४ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

laxmi

अर्थात एक डलर खरिद गर्नका लागि अब १ सय २६ रुपैयाँ ३४ पैसा आवश्यक पर्ने भएको हो । नेपालजस्तो आयातमा निर्भर देशका लागि डलरको मूल्य बढ्नुको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने विज्ञहरु बताउँछन् । नेपालले बढी पैसा खर्च गरेर डलर खरिद गर्ने र सोही डलरले विदेशी वस्तु खरिद गनुपर्ने अवस्था छ । डलरको मूल्य बढ्दा आयातित वस्तुको मूल्यसँगै ढुवानी खर्च, करलगायतमा पनि वृद्धि हुन्छ। तसर्थ डलरको मूल्य बढ्नुको प्रत्यक्ष सम्बन्ध उपभोक्ताको खल्तीसँग हुन्छ ।

तर, विदेशमा गई डलर आर्जन गरी नेपालमा पठाउनेहरुलाई भने यसले फाइदा पुर्याउँछ । उनीहरुले रेमिटयान्सका रुपमा पठाउने रकम डलरमा हुने भएकाले डलरको मूल्य बढ्दा रेमिटयान्सबाट फाइदा हुने गर्छ । नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय दरका कारण भारतीय मुद्राको अवमूल्यन हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL