Logo

ठेकेदारलाई कालो सूचिमा राख्न विकास समितिको निर्देशन, सडक विस्तारको मुआब्जा टुङ्गो लगाउन आग्रह

ठेकेदारलाई कालो सूचिमा राख्न विकास समितिको निर्देशन, सडक विस्तारको मुआब्जा टुङ्गो लगाउन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तोकिएको समयमै काम नसक्ने ठेकेदार कम्पनीलाई कालो सूचिमा राख्न संसद्को विकास समितिले निर्देशन दिएको छ । समितिका सभापति रविन्द्र अधिकारीको अध्यक्षतामा आज वसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई उक्त निर्देशन दिएको हो ।
पछिल्लो समय ठेकेदारको लापरवाहीका कारण कतिपय आयोजनाहरु समयमै सम्पन्न नभएको भन्दै त्यसप्रति चनाखो हुन समेत समितिले निर्देशन दिएको छ ।

यसैगरी, समितिले त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक खण्डको मुआव्जा वितरण विषय १ महिना भित्र टुङ्गो लगाउन निर्देशन दिएको छ । मुआव्जा तिवरणको विषयमा सरकार फेरिएपिच्छे फरक–फरक धारणा आएको भन्दै तत्काल टुङ्गो लगाउन दिर्नेशन दिएको छ । साथै, त्रिपुरेश्वदेखि नागढुङ्गासम्म सडकको चौडाइ एकै किसिमको पार्न समेत विकास समितिको निर्देशन छ ।

बल्खु–दक्षिणकाली सडकखण्डको चौडाइ विस्तारलाई भने घटाउन सुझाव दिएको छ । हालकै अवस्थामा सडल फराकिलो गर्दा कतिपय बस्ती नै विस्तापित गर्नुपर्ने तथा खोतीयोग्य जमिन धेरै मासिने हुँदा कम गर्न सुझाव दिएको छ । हाल उक्त सडकको चौडाइ ३० मिटर बनाउने भनिएको छ । तर, छलफलमा बोल्ने बक्ताहरुले २० मिटरमात्र बनाउन सुझाव दिएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL