काठमाडौं । सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीका घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था लागू गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै यस्तो कारोबारका लागि दरखास्त आह्वान गरेको हो। विभागका अनुसार असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा महानगरपालिका र उपमहानगरपालिकाको क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरिएको उल्लेख छ।
अब एकपटकमा तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र विभागको वेबसाइटमार्फत ऑनलाइन आवेदन पेस गर्नुपर्नेछ। आवेदनका लागि मालपोत नियमावली, २०३६ ९आठौँ संशोधन २०८२० को अनुसूची–८ मा उल्लेख कागजातहरू स्क्यान गरी सोही ढाँचामा पेश गर्नुपर्ने विभागले जनाएको छ।
विभागका अनुसार घरजग्गा कारोबारमा पारदर्शिता, व्यवस्थित नियमन तथा अवैध गतिविधि रोक्नका लागि नयाँ व्यवस्था लागू गरिएको हो।







