काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी बैठकमा नजाने भएका छन् । सभापति देउवा बैठकमा सहभागी नहुने भएपछि उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गर्ने भएका छन् ।
आज दिउँसो १ बजेका लागि कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ। बैठक कुपण्डोलमा रहेको हिमालय होटलमा बस्न लागेको हो । देउवाले बोलाएको आजको पदाधिकारी बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचनलगायतबारे छलफल हुने जनाईएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि पहिलो पटक सभापति देउवा पार्टी बैठकमा सहभागी हुने भनिएको थियो । तर, स्वास्थ्यका कारण देउवा बैठकमा सहभागी नहुने भएका हुन् ।