काठमाडौं । घर तथा कार्यालय सजावटका सामग्रीहरूको आपूर्ति सेवा दिँदै आएको हलेसी डेकोरले व्यापारिक इमानदारी र पारदर्शितालाई थप मजबुत बनाउन डिजिटल कम्प्युटराइज्ड बिल प्रणालीको औपचारिक सुरुवात गरेको छ। कम्पनीले ग्राहकहरूलाई सुरक्षित र प्रमाणित कारोबारको अनुभव प्रदान गर्ने गरी नयाँ प्रविधिसहितको सेवा सुरु गरेको हो ।
कम्पनीले ‘व्यापारमा इमानदारीता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित यो अभियान थालेको हो। अबदेखि प्रत्येक कारोबार कम्प्युटर–जेनरेटेड बिलमार्फत हुनेछ र सबै सामानमा जीएसटी स्पष्ट रूपमा उल्लेख गरिनेछ। यसले ग्राहक र कम्पनीबीचको सम्बन्धलाई थप विश्वासिलो बनाउने अपेक्षा गरिएको छ।
हलेसी डेकोरले कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानी, बेडसिटलगायतका सामग्रीहरू ग्राहकको चाहना र बजेटअनुसार उपलब्ध गराउँदै आएको छ।