Logo

स्वरुप परिवर्तन गरी आवाज ठुलो निकाल्ने सवारीसाधन नियन्त्रणमा, २ सय मोटरसाइकललाई कारबाही

स्वरुप परिवर्तन गरी आवाज ठुलो निकाल्ने सवारीसाधन नियन्त्रणमा, २ सय मोटरसाइकललाई कारबाही



काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले ठुलो आवाज निकाल्ने २०० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङ अभियानका क्रममा यी मोटरसाइकलहरू ध्वनि प्रदूषण फैलाउने गरी सवारी सञ्चालन गरेकाले नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार, सवारीसाधनले अत्यधिक आवाज निकाल्दा ध्वनि प्रदूषण मात्र नभई मानव स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने भएकाले चालक तथा सवारी मालिकहरूलाई यस्ता हानिकारक गतिविधि नगर्न अनुरोध गरिएको छ।

नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई यातायात व्यवस्था ऐन, २०४९ बमोजिम आवश्यक कानूनी कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्