Logo

सेयर बजारमा प्यानिक सेल, कारोबार रकम भने बढ्यो

सेयर बजारमा प्यानिक सेल, कारोबार रकम भने बढ्यो



काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यसदिन नेप्से सूचक ४५ दशमलव ३६ विन्दुले घटेर २ हजार ५ सय ५९ दशमलव ५९ को विन्दुमा आएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने बढेको छ । यसदिन ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । मंगलबार ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

लगानीकर्ता प्यानिक सेलमा भएको कारण दशैंपछि खुलेको कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक घटेको हो । मंगलबार पनि सेयर बजारमा भारी अंकको गिरावट आएको थियो । अहिले मुलुकमा देखिएको राजनीतिक अस्थिरता, प्राकृतिक विपत्तिका कारण लगानीकर्ता प्यानिक सेलमा रहेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्