Logo

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता महराको थुनछेक बहस जारी

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता महराको थुनछेक बहस जारी



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले गत आइतबार पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा हिजो (मंगलबार) महराको बकपत्र र त्यसपछि थुनछेक बहस सुरु भएको थियो । हिजो थुनछेक बहस नसकिएपछि महरा हिरासतमै पठाइएका थिए । आज (बुधबार) महराको तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका छन् ।

सीआईबीले हिजो (सोमबार) महरालाई अभियोगपत्रसाथ एकै पटक अदालतमा उपस्थित गराएको थियो । उनीविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्