Logo

सुन तस्करी काण्डमा पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश

सुन तस्करी काण्डमा पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश



काठमाडौं । सुन तस्करीको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। मङ्गलबार र बुधबार भएको बयान तथा थुनछेक बहसपछि न्यायाधीशको इजलासले यो निर्णय गरेको हो।

महरा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख हुन्। उनीमाथि विद्युतीय चुरोट (भेप) मा लुकाएर तस्करी गरिएको सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार (असोज २६ गते) महरालाई उनको निवासबाटै पक्राउ गरेको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ जरिवाना र ३ वर्षभन्दा बढी कैद सजायको मागसहित सोमबार (असोज २७ गते) मुद्दा दर्ता गरेको थियो। थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट महराको थुनामा राख्नुपर्ने तर्क प्रस्तुत गरिएको थियो, जसलाई अदालतले स्वीकार गरेको छ

प्रतिक्रिया दिनुहोस्