Logo

सुन तस्करी काण्डमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर, साढे आठ करोड विगो दावी

सुन तस्करी काण्डमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर, साढे आठ करोड विगो दावी



काठमाडौं । सुन तस्करीको जालसाजीमा संलग्नताको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ जरिवाना र ३ वर्षभन्दा बढी कैद सजायको माग गरिएको छ।

महराविरुद्ध मङ्गलबारदेखि थुनछेक बहस सुरु हुनेछ। बहसपछि अदालतले उनी धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने निर्णय गर्ने बताइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार महरालाई पक्राउ गरेको थियो। उनलाई विद्युतीय चुरोट ९भेप० मा लुकाएर तस्करी गरिएको सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्