Logo

सुन आयातको कोटा बढ्यो, अब दैनिक २५ किलोसम्म आयात गर्न पाईने

सुन आयातको कोटा बढ्यो, अब दैनिक २५ किलोसम्म आयात गर्न पाईने



काठमाडौं । अब दैनिक २५ किलोसम्म सुन आयात गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सर्कुलर जारी गर्दै हालसम्म दैनिक २० किलो सुन आयात गर्न पाईने कोटालाई बढाउँदै २५ किलो पुर्याएको हो ।

यस्तै केन्द्रिय बैंकले नेपाली, विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म,कम्पनी,संस्था,शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्म,कम्पनी,संस्था) बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाखसम्मको विप्रेषण रकम ल्याउन सकिने व्यवस्था गरेको छ ।

यसअघि यस्तो रकम दैनिक २० लाखसम्म मात्रै ल्याउन सकिने व्यवस्था थियो । यसरी इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्