काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च अर्थात २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको हो । यो अघिल्लो दिन बुधबारको तुलनामा २ हजार रुपैयाँले बढी हो ।
बुधबार नेपालमा सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढ्दै ३ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला ३ हजार २ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।