काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज एकैदिन १ हजार २ सय रुपैयाँले बढ्दै २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको हो । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।