काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
यससँगै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घट्दै २ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भईरहेको थियो ।







